Like us!
Follow us!
Connect us!
Watch us!

रविलाई विष्णु रिजालको जवाफ- सरकार मरेको होइन, सक्रिय भएको हो

अर्थ संसार

शुक्रबार, ०२ कार्तिक २०८१, १८ : ३० मा प्रकाशित

रविलाई विष्णु रिजालको जवाफ- सरकार मरेको होइन, सक्रिय भएको हो

नेकपा एमालेका नेता विष्णु रिजालले रवि लामिछानेलाई जवाफ दिदै सरकार मरेको नभएर सक्रिय भएको बताएका छन्  । 

लामिछानेले आफुविरुद्ध पक्राउ पुर्जी जारी भएपछि सामाजिक सञ्जालमा सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध निशाना साधेका थिए ।

त्यसको जवाफमा रिजालले रवि लामिछानेलाई पक्राउ गर्न पूर्जी जारी हुनु कानुनले आफ्नो बाटो लिएको रुपमा टिप्पणी गर्दै कानुनलाई सघाएर ६५ करोडको जवाफ दिन सुझाव दिएका छन् ।

उनले भनेका छन्- 

रवि लामिछानेलाई पक्राउ गर्न पूर्जी जारी हुनु न खुसीको कुरा हो न दुःखको । कानुनले आफ्नो बाटो लिन्छ, लिनुपर्छ । गृहमन्त्री भइसकेका कृष्णबहादुर महरा, बालकृष्ण खाँडहरू आफ्नै पार्टीको सरकार भएको बेला पक्राउ पर्दा आकाश खसेन, राजनीतिक प्रतिशोध भएन । रविजी पक्राउ पर्दा चाहिँ के आकाश खस्छ? कानुनलाई सघाउनूस्, ६५ करोड बारे जवाफ दिनूस्, अदालतले न्याय दिइहाल्छ नि !

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको