Like us!
Follow us!
Connect us!
Watch us!

अब पोखराबाट न्यायको लडाई शुरु हुन्छ- बुर्लाकोटी

अर्थ संसार

शुक्रबार, ०२ कार्तिक २०८१, १८ : ४६ मा प्रकाशित

अब पोखराबाट न्यायको लडाई शुरु हुन्छ- बुर्लाकोटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले अब पोखराबाट न्यायको लडाई शुरु हुने बताएका छन् ।

आफ्ना सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएपछि बुर्लाकोटीले सामाजिक सञ्जालमा लेख्दै निर्दोषहरूका न्यायका लागि पोखराबाट लडाई सुरु हुने टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्-    

दोषी जति उम्काउने, दोषीसँग आफै करोडौंको उपहार लिने । निर्दोषलाई जबरजस्ती फसाउने ? यस्तो निर्लज्ज सरकार, यो सरकार होइन सरकारको नामको जनघाती कलङ्कहरूको गठबन्धन हो । 
निर्दोषलाई जबरजस्ती फसाउने अराजनीतिक चरित्रका विरुद्ध घोर भर्सना गरौं। 

रास्वपा सभापति विरुद्ध पक्राउ पुर्जी जारी गर्न दशैंअघिदेखि निरन्तर प्रयास गरेको सरकार प्रमाण नपुग्ने भन्दै अदालतबाट बारम्बार रितो हात फिर्ता आएको थियो । 

सबैतिरको सेटिङ मिलाइसकेपछि आज बिना आधारको पक्राउ पुर्जी लिएर रवि लामिछाने लाई लिन भन्दै प्रहरीहरू सहर यस्तै त रहेछ हामीले भनेर नहुने भन्दै आइपुगे ।  के गर्नु ? नेताको नामका देशका कलङ्कहरूको आदेश जो छ । निर्दोषहरूका न्यायका लागि अब यो देशमा आन्दोलन अगाडि बढ्नेछ । अब पोखराबाट न्यायको निम्ति लडाई सुरु हुनेछ । 

न्यायप्रेमी जनप्रतिमी देशप्रेमी साथीहरु पोखरा आउनलाई तयारी गर्नुहोला । सहकारी पीडितहरूलाई न्याय दे । निर्दोषलाई झोस्ने, दोषीलाई पोस्ने नाटक बन्द गर । उपहारको नाममा दोषीसँग करोडौंको घुस लिने घुस्या राजिनामा दे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको