Like us!
Follow us!
Connect us!
Watch us!

पर्यटन व्यवसायी बसन्तराज मिश्रको डेंगु संक्रमणका कारण निधन

अर्थ संसार

आइतबार, ०४ कार्तिक २०८१, ११ : ३४ मा प्रकाशित

पर्यटन व्यवसायी बसन्तराज मिश्रको डेंगु संक्रमणका कारण निधन

पर्यटन व्यवसायी वसन्तराज मिश्रको उपचारका क्रममा ७२ वर्षको उमेरमा निधन भएको छ ।

मिश्र केही दिनअघि डेङ्गी लागेर नर्भिक अस्पताल भर्नाभएका थिए । मिश्रको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि कुपण्डोलस्थित निवासमा दुई घण्टा राखिने र दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

मुलुकको पर्यटन विकासका खातिर टेम्पल टाइगर ग्रुपका अध्यक्ष मिश्रले पाँच दशकभन्दा लामो समय योगदान गरेका थिए । मिश्रका श्रीमती र एक छोरा छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको