Like us!
Follow us!
Connect us!
Watch us!

जीवन विकास लघुवित्तको ३ लाख ३४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

आइतबार, ०४ कार्तिक २०८१, १३ : ४१ मा प्रकाशित

जीवन विकास लघुवित्तको ३ लाख ३४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । 

लघुवित्तले आठ जना संस्थापकहरुको नाममा रहेको ३ लाख ३४ हजार ५०० कित्ता सेयर लिलामीमा बिक्री गर्न लागेको हो । उक्त सेयर बिक्री मूल्य न्युनतम प्रतिसेयर ६०० रुपैयाँ तोकिएको छ ।

उक्त लिलामी सेयर खरिदका लागि कम्पनीका संस्थापक सेयरधनी, अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

आवेदन दिँदा न्युनतम २५० कित्ताका लागि दिन सकिनेछ भने अधिकतममा सबै सेयर खरिदका लागि पनि दिन सकिने कम्पनीले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको