Like us!
Follow us!
Connect us!
Watch us!

ओली–देउवाबीच खटपटको संकेत, ढल्नै लागेको हो त दुई तिहाइको सरकार ?

अर्थ संसार

सोमबार, ०५ कार्तिक २०८१, ११ : ४४ मा प्रकाशित

ओली–देउवाबीच खटपटको संकेत, ढल्नै लागेको हो त दुई तिहाइको सरकार ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेपछि देशको राजनीति तातिएको छ। दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता सहकार्य लामो समय नजाने आशंकाको बादल देशको  राजनीतिमा मडारिएको छ। 

सत्ता गठबन्धनका मुख्य घटक कांग्रेस र एमालेका नेताहरुको सक्रियतासमेत बढेको छ । रवि लामिछानेलाई प्रहरीले ६ दिनको म्याद राखेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ । उनी कास्की प्रहरीको हिरासतमा छन् । 

रवि पक्राउअघि देउवासँग प्रधानमन्त्री ओलीले र कांग्रेस सभापति देउवा बालुवाटारमा औपचारिक छलफलका लागि बसेका थिए । छलफलमा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने सहमति गरेको हल्ला छ । यही बिषयमा प्रधानमन्त्री ओलीलाई कांग्रेस सभापति देउवा र महामन्त्री थापाले बालुवाटार भेटेका छन् । बालुवाटारमा देउवालाई भेट्नुअघि प्रधानमन्त्री ओलीले पार्टीको सचिवालय बैठकमा  पछिल्लो राजनीतिकअवस्था गम्भीर संकटमा परेको  र सरकार ढाल्नको लागि विभिन्न तत्व लागेकोले एमाले चनाखो हुनुपर्ने धारणा राखेका थिए । 

प्रधानमन्त्री ओलीले फेरि अध्यादेश ल्याउनको लागि सक्रियता देखाएका छन्  भने देउवा अध्यादेश ल्याउन नहुने पक्षमा छन् ।  यही विषयले ओली र देउवाबीचको मतभिन्नताकै कारण सत्ता गठबन्धन संकटमा पर्नसक्ने हल्ला चुलिएको छ । यद्यपि सत्तारूढ दलका नेताहरू अहिलेको गठबन्धन भत्किने वा तत्काल सरकार ढल्ने अवस्था नरहेको दाबी गर्छन्।

सत्तारूढ नेपाली कांग्रेसकै केही नेताहरूले वर्तमान सरकारका कतिपय कामप्रति सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गर्दै आएका छन्। भाटभटेनीका मालिक मीनबहादुर गुरुङबाट पार्टी कार्यालय निर्माणका क्रममा अर्बौँ दान लिन एमाले तयार भएकोप्रति पनि सत्ता साझेदार कांग्रेस असन्तुष्ट छ। महामन्त्री विश्वप्रकाश शर्मासहितका नेताले यसअघि नै यसबारे आपत्ति जनाएका छन्।  त्यसलाई कतिपयले सत्ता गठबन्धनमा खटपट उत्पन्न भएको सङ्केत मानेका छन्।

विपक्षी दलका नेताहरूले पनि अहिलेको गठबन्धन लामो समय नटिक्ने दाबी गर्दै आएका छन्।

 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको