Like us!
Follow us!
Connect us!
Watch us!

मलाई कुनै अदालतले मेयर बनाइदिएको होइन ,धेरै हल्ला नगर: हर्क साम्पाङ

अर्थ संसार

सोमबार, ०५ कार्तिक २०८१, २० : ५५ मा प्रकाशित

मलाई कुनै अदालतले मेयर  बनाइदिएको होइन ,धेरै हल्ला नगर: हर्क साम्पाङ

मामा ससुरा वडाध्यक्षलाई कार्यवाहक छाडेर सपरिवार लन्डन पुगेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अदालतको आदेशसमेतलाई चुनौती दिएका छन् ।

 फेसबुकमा स्टाटसमा र भिडिओमा उनले आफूलाई अदालतले नभई जनताले मेयर बनाएको बताएका छन् । कसलाई कार्यवाहक दिने या नदिने सबै अधिकार आफूमा हुने भन्दै साम्पाङले हल्ला नगर्न भन्दै चेतावनीसमेत दिएका छन् । उच्च अदालत विराटनगरले वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्र फागोलाई कावा दिने साम्पाङको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिइसकेपछी आफूले नागरिकको मताधिकारका आधारमा वडाअध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएको भन्दै उनले अदालतको आदेशलाई समेत चुनौती दिएका हुन् ।

उनको भनाइ छ,  मलाई कुनै अदालतले चुनेको होइन ! लोकतन्त्रमा सार्बभौम नेपाली नागरीकको शासन गर्ने अधिकार मताधिकारले चुनेको हो ! म ५ बर्ष सम्म धरानको प्रमुख हुँ जुन जनताले बनाउनु भएको हो ! मैले नागरीकले दिएको अधिकार दिएर ११ नं को अध्यक्षलाई कार्यबाहक छोडेको छु ! मैले जसलाई अधिकार दिएँ उही हो कार्यबाहक ! केही हल्ला नगर ! मुख छाड्नु नपरोस् ! धरानको बिकासको लागि म दुई दिन युके आउँदा बद्नाम गर्दै नबस है !

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको