Like us!
Follow us!
Connect us!
Watch us!

दूरसञ्चार प्राधिकरणले गर्‍यो तीनवटा इन्टरनेट सेवाप्रदायक कम्पनीको लाइसेन्स खारेज

अर्थ संसार

मंगलबार, ०६ कार्तिक २०८१, १० : ५५ मा प्रकाशित

दूरसञ्चार प्राधिकरणले गर्‍यो तीनवटा इन्टरनेट सेवाप्रदायक कम्पनीको लाइसेन्स खारेज

नेपाल दूरसञ्चार प्राधिकरणले तीनवटा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको लाइसेन्स खारेज गरेको छ।

 प्राधिकरणले तोकिएको शर्तको पालना नगर्ने र समयमा नै नवीकरण नगर्ने कारणले ती कम्पनीहरूको लाइसेन्स खारेज गरेको हो। प्राधिकरणले रेग्मी मिडिया इंक, सीडाटा कम्युनिकेस र लाइफ नेटको इन्टरनेट सेवा प्रदान गर्ने अनुमतिपत्र रद्द गरेको जानकारी दिएको छ।

सीडाटा कम्युनिकेस र लाइफ नेटको लाइसेन्स सोमवार खारेज गरिएको थियो भने मंगलबार रेग्मी मिडिया इंकको लाइसेन्स खारेज भएको हो। रेग्मी मिडिया इंकले २०७१ असोज २३ मा इन्टरनेट सेवा सञ्चालनको अनुमति पाएको थियो। सो कम्पनीले इमेलसहितको सेवा प्रदान गरिरहेको थियो।

नेपाल दूरसञ्चार ऐन २०५३ अनुसार, यी कम्पनीहरूलाई दफा २५ (९५०) बमोजिम कारबाही गरिएको प्राधिकरणले जनाएको छ।

तिर्नुपर्ने बाँकी रकमका सम्बन्धमा ३० दिनभित्र सम्पर्क गर्नुपर्ने बताइएको छ, अन्यथा थप कानूनी कारबाही हुने प्राधिकरणको चेतावनी छ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको