Like us!
Follow us!
Connect us!
Watch us!

अब सवारी लाइसेन्सको अवधि १० वर्ष

अर्थ संसार

शुक्रबार, १६ साउन २०८२, १७ : ११ मा प्रकाशित

अब सवारी लाइसेन्सको अवधि १० वर्ष

अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अवधि १० वर्षको हुने भएको छ । सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गर्दै सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा संशोधन गर्दै सवारी लाइसेन्सको बहाल अवधि बढाएर १० वर्ष कायम गरेको हो । 

यसअघि सवारी लाइसेन्सको बहाल अवधि ५ वर्षको हुन्थ्यो । संशोधित व्यवस्थाअनुसार अब सवारी लाइसेन्सको नवीकरणपछि बहाल अवधि १० वर्षको नै हुनेछ । यसअघि ५ वर्षको मान्य अवधि थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको