Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डका नयाँ अध्यक्षलाई पनि भट्ट समूहले प्रयोग गर्दै, हिमालयन रिको मर्चेन्ट बैंकलाई फास्ट ट्रयाकमा लाइसेन्स दिन दबाब

अर्थ संसार

विहीबार, २४ साउन २०८१, १० : २५ मा प्रकाशित

धितोपत्र बोर्डका नयाँ अध्यक्षलाई पनि भट्ट समूहले प्रयोग गर्दै, हिमालयन रिको मर्चेन्ट बैंकलाई फास्ट ट्रयाकमा लाइसेन्स दिन दबाब

नेपाल धितोपत्र बोर्डको तदर्थ अध्यक्षको जिम्मेवारीमा रहेका भन्सारका सहसचिव महेश बराल पनि स्वार्थ समुहले परिचलान गर्ने सम्भावना देखिएको छ। 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रमुख रहेका बरालले धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारी समेत सम्हालिरहेका छन् । स्वार्थ समुहकै बलमा बोर्डको अध्यक्ष समेत बनेको आरोप लागेका बरालले सोही आरोपलाई पुष्टि हुने गरि आफ्नो पहिलो महत्त्वपूर्ण निर्णय नै स्वार्थ समुहले  गराउन सक्ने सम्भावना रहेको छ। 

उनले हिमालयन रि इन्स्योरेन्स कम्पनीको सहायक कम्पनी हिमालयन सेक्युरिटिज मर्चेन्ट बैंकलाई लाइसेन्स दिनको लागि गृहकार्य गरेको बुझिएको छ।  

हिमालयन रिकै समुहले नयाँ स्टकको लाइसेन्सका लागि आवेदन दिएको छ । व्यवसायी दिपक भट्टको अगुवाईमा स्थापना भएको हिमालयन रि समुहले हिमालयन स्टक एक्सचेञ्जको लाइसेन्स लिने प्रयास गरिरहेको छ । सोही समुहको सेटिङमा सहसचिव बरालले धितोपत्र बोर्डको तदर्थ नेतृत्व हात पारेको आरोप छ । बरालले पनि सो आरोपलाई पुष्टि हुने गरि सोही समुहको कम्पनीलाई फास्ट ट्रयाकमा लाइसेन्स दिन लागेका हुन।  

केहि समय अघि सम्म भट्ट समुहलाई सहसचिव रितेश शाक्यले सहयोग गरिरहेका थिए । शाक्यलाई अन्तशुल्कको स्टिकर छपाई प्रकरणमा भ्रष्टाचार मुद्धा लागेपछि उनीहरुको समूहले बराललाई अघि सारेर आफ्नो काम गराउने प्रयास गरिरहेको बुझिएको छ। तथापी, धितोपत्र बोर्डले तत्कालका लागि प्रकृयामा रहेका हकप्रद सेयर तथा डिभेञ्चरहरु स्वीकृत गर्नु पर्ने वर्तमान आवश्यकता पनि हो।  तर पनि  अध्यक्ष बराल स्वार्थ समूह कै लागि मात्र काम गरेभने उनी पनि यस अघिका अन्य कर्मचारी जस्तै विवादित हुन् सक्ने आकलन गर्न सकिन्छ। 

कम्पनी रजिष्ट्रारको कार्यालयमा हुँदा पनि बरालले शंकर ग्रुप र दिपक भट्टहरुलाई ठूलो ‘गुन’ लगाएको बताइन्छ । 

संसदको सार्वजनिक लेखा समितिले बोर्डलाई रणनीतिक महत्त्वका निर्णयहरु नगर्न निर्देशन दिएको थियो । बोर्डको तदर्थ नेतृत्वमा आए लगत्तै स्वार्थ समुहहरुको हितमा धमाधम निर्णय गर्न लागेको कुराले बोर्डमा आतंक मच्चिएको एक स्रोतले बताए। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको