Like us!
Follow us!
Connect us!
Watch us!

मितेरी सहकारी घोटाला प्रकरण: धनराज गुरुङकी पूर्वपत्नी सहित दुई जनाविरूद्ध रेड नोटिस जारी गर्न इन्टरपोलमा पत्राचार

अर्थ संसार

मंगलबार, ०६ कार्तिक २०८१, १३ : १२ मा प्रकाशित

मितेरी सहकारी घोटाला प्रकरण: धनराज गुरुङकी पूर्वपत्नी सहित दुई जनाविरूद्ध रेड नोटिस जारी गर्न इन्टरपोलमा पत्राचार

ललितपुरको मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोललाई पत्राचार गरिएको छ। 

ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी सेभिङ एन्ड क्रेडिड कोओपरेटिभको १४ करोड ८१ लाख रुपैयाँ रकम हिनामिनाको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान गरिरहेको छ।सहकारीका सञ्चालक समिति सदस्य बोधविक्रम थापाले सीआईबीमा जाहेरी दिएका थिए।

सीआईबीको सिफारिसमा नेशनल सेन्ट्रल ब्युरो (एनसीबी)ले इन्टरपोलको महासचिवालयमा पत्राचार गरेको हो।

कांग्रेस नेता धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ सो सहकारीको प्रबन्ध निर्देशक हुन्। बर्दिया घर भएका ज्योति भण्डारीले पनि सहकारीको ३ करोड ४४ लाख रुपैयाँ अपचलन गरेको भेटिएको छ। धनराज गुरुङ र ज्योतिले २०७६ फागुन २९ मा ललितपुर जिल्ला अदालतबाट सम्बन् विच्छेद गरेको भनिएको छ ।यद्यपि धनराजले केही समय अघिसम्म पनि पूर्वपत्नीले लिएको ऋण तिर्दै आएको भेटिएको छ।   यस घोटालामा संलग्न अन्य व्यक्तिहरूमा सुजन शाक्य, हितमान थापा, र प्रकाश यादव पनि रहेका छन्। उनीहरूमाथि १२ करोड ५१ लाख रुपैयाँ अपचलन गरेको आरोप लागेपछि अदालतबाट पक्राउ पुर्जी जारी भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको