Like us!
Follow us!
Connect us!
Watch us!

विश्वप्रकाशको रास्वपा लक्षित टिप्पणीः सहकारी ठगीमा दुईचार जना जेल पर्ने भए भनेर रुवावासी नगरौं

अर्थ संसार

बुधबार, ०७ कार्तिक २०८१, १३ : १२ मा प्रकाशित

विश्वप्रकाशको रास्वपा लक्षित टिप्पणीः सहकारी ठगीमा दुईचार जना जेल पर्ने भए भनेर रुवावासी नगरौं

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले रवि लामिछाने नेतृत्वको रास्वपालाई लक्षित गर्दै दलहरूका दुईचार जना मान्छे सहकारी ठगीमा जेल पर्ने भए भनेर रुवावासी नगर्न आग्रह गरेका छन् ।

बुधबार सामाजिक सञ्जाल एक्समाले स्टाटस लेख्दै  उनले रुवावासी बन्द गर्न आग्रह गरेका हुन् ।

उनले  लेखेका छन्, ‘कांग्रेसका दुईचार, एमालेका दुईचार, माओवादी, राप्रपा र रास्वपाका दुईचार मान्छे सहकारी ठगीमा जेल पर्ने भए भनेर रुवावासी नगरौं। अनुसन्धानलाई सघाऔं, अदालतको फैसला कुरौं । सडक विलापको जग हँसाई नगरौं’, । 

‘स्पष्ट हौं दोषीलाई कार्वाही र बचतकर्ताको रकम फिर्ता,आजको रास्ट्रिय आवश्यकता हो’ । 

पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई सहकारी बचत रकम अपचलन गरेको अभियोगमा शुक्रबार प्रहरीले पक्राउ गरेको थियो । झुटो मुद्दामा सरकारले लामिछानेलाई पक्राउ गरेको आरोप लगाउँदै रास्वपाका नेता तथा कार्यकर्ता प्रर्दशन् गरिरहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको