Like us!
Follow us!
Connect us!
Watch us!

अब फ्लिम हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

अर्थ संसार

बुधबार, ०७ कार्तिक २०८१, १४ : ३२ मा प्रकाशित

अब फ्लिम हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

फ्लिम हलभित्र पानी र खानेकुरा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी)भन्दा बढीमा बिक्री गर्न नपाइने भएको छ । 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विज्ञप्ति जारी गर्दै एमआरपीभन्दा बढी मूल्य लिएको पाइए कानुन अनुसार कारवाही गर्ने चेतावनी दिएको छ ।

सोमबार विभाग र प्रदर्शक संस्था नेपाल चलचित्र संघबीच छलफल र अन्तरक्रिया भएको जनाइएको छ । विभागले एक विज्ञप्ति जारी गर्दै एमआरपीभन्दा बढी मूल्य लिएको पाइए कानुन अनुसार कारवाही गर्ने चेतावनी दिएको छ । उक्त विज्ञप्तीमा लेखिएकाे छ, ‘बजारलाई स्वच्छ र प्रतिस्पर्धी बनाउने, उपभोक्ताको हक अधिकार संरक्षण गर्ने सवालको सिलसिलामा उक्त छलफल भएको हो।’

चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता प्रदान गरी बजार अनुगमन टोली परिचालन गरिएको समेत विज्ञप्तिमा जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको