राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेको छ।
पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरी कास्की लगेदेखि नै रास्वपाले पोखरामा दिनुहँ प्रदर्शन गर्दै आएको थियो। सहकारी ठगीको आरोपमा लामिछानेलाई गत शुक्रबार काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएको थियो। कास्कीको मात्रै आन्दोलनले खासै उपलब्धि नहुने र त्यहाँ सहकारी पीडितबाटै घेरिन थालेपछि रास्वपाका नेता कार्यकर्ता केन्द्रबाटै दबाब दिन भन्दै काठमाडौं केन्द्रित हुन थालेका हुन्।
प्रदर्शनमा सहभागीहरूले ‘तानाशाही पाराले दुःख पायो साराले’, ‘सहकारी पीडितको एउटै माग बचत रकम फिर्ता गर’, ‘सत्ताको दुरुपयोग बन्द गर’, ‘सरकार, दम्भ नदेखाऊ नेपाली जनता जिउँदै छन्’, ‘८८ अर्ब फिर्ता गर’, ‘सत्य कहिल्यै ढल्दैन’ नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस