Like us!
Follow us!
Connect us!
Watch us!

बजारको हट केक सिईडिबि हाइड्रोपावरको नाफा २०२.२५% ले बढ्यो, ईपीएस ३५.११ रुपैयाँ

अर्थ संसार

मंगलबार, १३ कार्तिक २०८१, ०८ : ११ मा प्रकाशित

बजारको हट केक सिईडिबि हाइड्रोपावरको नाफा २०२.२५% ले बढ्यो, ईपीएस ३५.११ रुपैयाँ

सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीका सूचकहरुमा व्यापक सुधारहरु देखिएका छन्। 

सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

खुद नाफा 
सिईडिबि हाइड्रोपावरको खुद नाफामा ब्यापक सुधार देखिएको छ। कम्पनी नाफा मात्रै २०२. २५ प्रतिशतले बढेको छ। यस आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनीले ९ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ करोड ३३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

सेवा शुल्क, ब्याज र अन्य आम्दानी 
कम्पनीको सेवा शुल्क, ब्याज र अन्य आम्दानी १४५.९२ प्रतिशतले बढेको छ। आश्विन मसान्त सम्म कम्पनी यी आम्दानी 
१० करोड माथि पुगेको छ जुन गत वर्षको यहि अवधिमा ४ करोड रहेको थियो। 

खर्च पनि बढ्यो 

कम्पनीको खर्चहरु पनि बढेको देखिएको छ। कम्पनीको गत वर्षको आश्विन मसान्त सम्म ६२ लाख रहेको प्रशासनिक खर्च समीक्षा अवधिमा ८८ लाख पुगेको छ जुन ४२.७२ प्रतिशतले बढेको छ। जसका कारण कुल खर्च पनि ४१.३९ प्रतिशत बढ्न पुगेको छ।

प्रति सेयर आम्दानी
गत वर्ष २० रुपैयाँ ८० पैसा रहेको प्रति सेयर आम्दानी यस वर्षको पहिलो त्रैमासमा बढेर ३५ रुपैयाँ ११ पैसा पुगेको छ। 

प्रति सेयर नेटवर्थ
१४७ रुपैयाँ

मूल्य आम्दानी अनुपात
५०.९८ गुणा

चुक्ता पूँजी
१ अर्ब ३ करोड रुपैयाँ

जगेडा कोष
४८ करोड ६० लाख रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको