Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन लघुवित्तले लाभांश विरतण नगर्ने

अर्थ संसार

मंगलबार, १३ कार्तिक २०८१, १० : २९ मा प्रकाशित

हिमालयन लघुवित्तले लाभांश विरतण नगर्ने

हिमालयन लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश नदिने भएको छ ।

लघुवित्तको सोमबार बसेको सञ्चालक समितिको बैंठकले लाभांश वितरण नगर्ने निणर्य गरेको हो । साथै बैठकले गत आवको वित्तीय विवरणहरू छलफलगरी स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

कम्पनी सचिव देवकर कार्कीका अनुसार बैठकले सोही निर्णय बमोजिमको वित्तीय विवरण स्वीकृतिका लागि नियामक निकाय नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतिका लागि पेश गर्ने र पारितका लागि आगामी वार्षिक साधारण सभामा प्रस्तुत गर्ने निर्णय गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको