हिमालयन लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनीक गरेको छ । उक्त वित्तीय विवरणअनुसार दोस्रो त्रैमाससम्म आइपुग्दा लघुवित्तको खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ ।
खुद नाफा
दोस्रो त्रैमाससम्मको अवधिमा लघुवित्तको खुद नाफा ३९५.६८ प्रतिशतले बढेर २ करोड ६० लाख ६३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनीले ५२ लाख ५८ हजार रुपैयाँ नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी/सञ्चालन नाफा
यो अवधिमा कम्पनीको सञ्चालन नाफा गत आवमा ७५ लाख ११ हजार रुपैयाँ रहेकोमा चालू आवमा बढेर ३ करोड ७२ लाख रुपैयाँभन्दा बढी पुगेको छ। चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले खुद नाफा समेत बढ्न पुगेको हो।
खुद ब्याज आम्दानी/सञ्चालन नाफा
यसैअवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि बढेर १५ करोड ३३ लाख १ हजार पुगेको छ। यो गत आवको तुलनामा ३०.७१ प्रतिशतले बढी हो । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी ११ करोड ७२ लाख रुपैयाँ रहेको थियो । यस्तै यो अवधिमा कम्पनीको सञ्चालन नाफा पनि ३९५.७३ प्रतिशतले बढेर ३ करोड ७२ लाख ३४ हजार रुपैयाँ पुगेको छ ।
वितरणयोग्य मुनाफा
यो अवधिमा संस्थाको वितरणयोग्य मुनाफा भने २९ लाख ६० हजार रुपैयाँले ऋणात्मक अवस्थामा छ ।
खराब कर्जा अनुपात/ इम्पेयरमेन्ट चार्ज
समीक्षा अवधिसम्म संस्थाको खराब कर्जा बढेर ५.६२ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल ३.६९ प्रतिशत थियो। खराब कर्जा बढेसँगै संस्थाको इम्पेयरमेन्ट चार्ज पनि बढेर १ करोड १७ लाख रुयैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो चार्ज ७८ लाख ३१ हजार रुपैयाँ थियो।
चुक्ता पूँजी
समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ३१ करोड ९८ लाख रुपैयाँ रहेको छ ।
सेयर प्रिमियम
दोस्रो त्रैमाससम्मको अवधिमा लघुवित्तको सेयर प्रिमियम ४ करोड ५५ लाख रुपैयाँ रहेको छ।
जगेडा कोष/सञ्चित मुनाफा
लघुवित्तको जगेडा कोषमा १२ करोड रुपैयाँ रहेको छ भने सञ्चित मुनाफा २९ लाख रुपैयाँ ऋणात्मक रहेको छ।
निक्षेप संकलन/कर्जा लगानी
कम्पनीले यसैअवधिमा ४ अर्ब ३६ करोड रुपैयाँ सापटी लिएर १ अर्ब १ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४ अर्ब ६९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
प्रतिसेयर आम्दानी/ प्रतिसेयर नेटवर्थ
यो अवधिमा लघुवित्तको नाफा बढेसँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि १३ रुपैयाँ ०१ पैसाले बढेर १६ रुपैयाँ ३० पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ३७ पैसा छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस