Like us!
Follow us!
Connect us!
Watch us!

साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै, यस्तो छ हेड टु हेड रेकर्ड

अर्थ संसार

बुधबार, १४ कार्तिक २०८१, ०७ : २० मा प्रकाशित

साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै, यस्तो छ हेड टु हेड रेकर्ड

साफ महिला च्याम्पियनसिपको फाइनलमा आज नेपाल र बंगलादेश भिड्दै छन् । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यो खेल साँझ साढे ६ बजेदेखि शुरु हुने छ ।

यसपटक फाइनल खेल २०२२ को साफ महिला फाइनल दोहोरिएको छ । बंगलादेश र नेपाल खेलको सो फाइनल बंगलादेशले १-० ले नेपाललाई पराजित गरेर उपाधि जितेको थियो ।

नेपाल र बंगलादेशबीच अहिलेसम्म कुल १२ खेल भएका छन् । जसमा नेपालले अहिलेसम्म ६ खेल जितेको छ भने एक खेल मात्र हारेको छ । त्यस्तै ५ खेलमा बराबरी खेलेको छ ।

यस फाइनल खेलमा सेमिफाइनलमा रातो कार्ड पाएकी रेखा पौडेलको अनुपस्थिति नेपाली टिमलाई खड्किने देखिन्छ । रेखाको स्थानमा नेपालले सावित्रा भण्डारीसँगै रश्मी घिसिङलाई खेलाउन सक्ने देखिन्छ ।

साफ खेल्ने नेपाली महिला टिम 

गोलकिपर: अन्जिला तुम्बापो सुब्बा (सी), अञ्जना राना मगर र उषा नाथ ।
डिफेन्डर: गीता राणा, अमृता जैसी, समिच्छ घिमिरे, निशा थोकर, पूजा राणा, विमला विक, हिरा कुमारी भुजेल र सजनी थोकर ।
मिडफिल्डर: रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, दिपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिषा कार्की र विमला चौधरी ।
फरवार्ड: रश्मीकुमारी घिसिङ, अनिता केसी, रेखा पौडेल र  सावित्रा भण्डारी ।

फाइनलको टिकट बिक्री एन्फा आफैले गर्ने  

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार हुने नेपाल र बंगलादेशबीचको साफ महिला च्याम्पियनसिपको फाइनल खेलको टिकट विक्रीका लागि नयाँ व्यवस्था गरेको छ ।

एन्फाले यसअघि सेमिफाइनल खेलमा टिकट बिक्रीको अधिकार पाएको माउन्ट एभरेष्ट टिकट स्पोर्ट्स एण्ड इभेन्ट्स प्रालिले रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको भन्दै अनलाइन टिकट बिक्री बन्द गरेको थियो । १५ हजार दर्शक क्षमता रहेको रंगशालामा १८ हजारभन्दा बढीलाई प्रवेश दिएको पाइएपछि एन्फाले हस्तक्षेप गरेको छ ।

अब टिकट आज विहान ८ बजेदेखि जावलाखेलको फुटबल मैदान, एन्फा कम्प्लेक्स र भद्रकाली आर्मी गेटबाट विक्री हुने भएको छ ।

एन्फाले फाइनल खेलको अधिकतम १० हजार टिकट विक्री गर्ने जनाएको छ ।  एन्फाले एक व्यक्तिलाई भिआइपी तर्फको २ र साधारण तर्फको ५ टिकट मात्र किन्न पाउने बताएको छ ।

एन्फाका अनुसार अब फाइनलको टिकट अनलाइन टिकट बिक्री नहुने भएको छ साथै एन्फाले यसअघि अनलाइन खरिद गरेकाको पैसा फिर्ता गर्ने जनाएको छ । रंगशालामा भिआइपीतर्फको एक हजार र साधारणतर्फ ५०० रुपैयाँ टिकट दर तोकिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको