दिव्यश्वी हाइड्रोपावर लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनीक गरेको छ ।
बढ्यो खुद नाफा
दिव्यश्वरी हाइड्रोपावरले पहिलो त्रैमाससम्ममा ६९ लाख ८१ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म ४ लाख ९५ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको कम्पनी यस वर्ष भने नाफामा गएको हो ।
आम्दानी बढ्दा घट्यो वित्तीय खर्च
यस अवधीमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ३ करोड ३१ लाख रुपैयाँबाट बढेर ३ करोड ४६ लाख रुपैयाँ पुगेको छ । यता, वित्तीय खर्च १ करोड ८७ लाखबाट घटेर १ करोड ४३ लाख कायम भएको छ ।
प्रतिसेयर आम्दानी/प्रतिसेयर नेटवर्थ
पहिलो त्रैमाससम्म हाइड्रोपावरको प्रतिसेयर आम्दानी १०.४५ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ २.६४ रुपैयाँ रहेको छ ।
चुक्ता पुँजी र जगेडा कोष
चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ रहेको यस हाइड्रोपावरको जगेडा कोष भने २९ करोड ८ लाख रुपैयाँले ऋणात्मक छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस