Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा आधिकारिक रूपमा दर्ता भयो टिकटक

अर्थ संसार

बुधबार, २१ कार्तिक २०८१, १४ : ५९ मा प्रकाशित

नेपालमा आधिकारिक रूपमा दर्ता भयो टिकटक

नेपालमा पहिलो पटक आधिकारिक रूपमा सामाजिक सञ्जाल प्लेटफर्म टिकटक दर्ता भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भइसकेको जानकारी दिएको छ। मन्त्रालयका अनुसार सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ३ को उपदफा ६ बमोजिमको व्यवस्था अनुसार मन्त्रालयमा दर्ता गरिएको हो ।

टिकटकले कागजात उपलब्ध गराउन कात्तिक तेस्रो सातासम्मको समय मागे पनि कात्तिकको सुरूमै कागजात उपलब्ध गराएको थियो। दुई सय पृष्ठको कागजात अध्ययन गरिसकेपछि मन्त्रालयले दर्ता गरेको हो । 

यस अघि नेपालमा टिकटक आधिकारिक नभए पनि अब भने आधिकारिक रूपमा नेपालको ऐन कानूनको परिपालना गर्ने प्रक्रियामा अघि बढेको मन्त्रालयले जनाएको छ । टिकटकले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने सामग्रीहरूमा सहयोग गर्ने, डिजिटल साक्षरताका विषयमा सहयोग गर्ने लगायतका नेपाल सरकारले तोकेका सर्तहरू पनि पूरा गर्ने जनाएको छ।सरकारले गत वर्ष फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने निर्देशिका मन्त्रिपरिषदबाट पारित गरेको थियो। जसअनुसार सूचना जारी गरेको तीन महिनाभित्र सूचीकृत हुनुपर्ने व्यवस्था गरेको थियो।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको