Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश प्रस्तावसहित हाथवे इन्भेष्टमेन्टको कहिले बस्दैछ साधारण सभा ?

अर्थ संसार

विहीबार, २२ कार्तिक २०८१, ०८ : ३६ मा प्रकाशित

लाभांश प्रस्तावसहित हाथवे इन्भेष्टमेन्टको कहिले बस्दैछ साधारण सभा ?

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको कात्तिक २५ गते साधारण सभा बस्ने भएको छ । सभा, आम्रपाली ब्यांक्वेट, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । साधारण सभामा कम्पनीले १०% बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६% नगद गरी कुल १०.५२६% लाभांश दिने प्रस्ताव पेश गर्नेछ । 

साधारण सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ । बोनस सेयर बितरण पश्चात कम्पनीको जारी तथा चुक्तापूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक ७ गते  बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा कात्तिक ६ गतेसम्म कायम सेयरधनीलेहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।



 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको