Like us!
Follow us!
Connect us!
Watch us!

रवि लामिछानेको दृष्टान्त बनाउने हो भने ट्रम्प जेल जानुपर्छः डा.सुरेन्द्र केसी

अर्थ संसार

विहीबार, २२ कार्तिक २०८१, २१ : २९ मा प्रकाशित

रवि लामिछानेको दृष्टान्त बनाउने हो भने ट्रम्प जेल जानुपर्छः डा.सुरेन्द्र केसी

राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले आगामी एक सय वर्षसम्म पनि अमेरिकाले महिला नेतृत्व नपाउने बताएका छन् । रिपोर्टर्स क्लबमा बिहीबार उनले यस्तो बताएका हुन् । 

यस्तै केसीले अमेरिकी समाज नै पुरुषवादी चिन्तनबाट ग्रसित रहेको टिप्पणी गरे । 

केसीले भने, ‘अमेरिकी जनताले यसपालि पनि महिलालाई नेतृत्वमा रुचाएनन् । त्यहाँ अहिलेपनि पुरुषवादी चिन्तन छ । आउने एक सय वर्षपनि महिला नेतृत्व आउने सम्भावना छैन् । अमेरिकी समाज महिलाप्रति पूर्वाग्रही छ । रवि लामिछानेको दृष्टान्त बनाउने हो भने ट्रम्पले जेल जानुपर्छ । पचास वर्षदेखि अमेरिकामा बसेको एकजनाले मलाई टेक्स्ट गरेको छ कि ट्रम्पमात्रै यस्तो राष्ट्रपति हो, जसले आज के गर्छ, भोलि गर्छ भन्ने थाहा हुँदैन । सन् २०२५ विश्वको लागि डिस्ट्रक्भि हुनेछ ।’


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको