Like us!
Follow us!
Connect us!
Watch us!

५०.८४ प्रतिशतले बढ्यो सुपर मादी हाईड्रोपावरको नाफा ,रिजर्भमा ८६.९१ प्रतिशतको उछाल

अर्थ संसार

शुक्रबार, २३ कार्तिक २०८१, ११ : ०३ मा प्रकाशित

५०.८४ प्रतिशतले बढ्यो सुपर मादी हाईड्रोपावरको नाफा ,रिजर्भमा ८६.९१ प्रतिशतको उछाल

सुपर मादी हाइड्रोपावरले चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।


बढ्यो खुद नाफा

समीक्षा अवधिमा कम्पनीले १६ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १० करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ५०.८४ प्रतिशतले बढेको छ ।

घट्यो विद्युत बिक्री आम्दानी

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीले विद्युत बिक्रीबाट ४२ करोड १५ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ४३ करोड २७ लाख रुपैयाँ आम्दानी गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको आम्दानी २.५७ प्रतिशतले घटेको छ ।

चुक्तापुँजी र जगेडा कोष 

चुक्तापुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोष (रिजर्भ) मा ३० करोड ५ लाख रुपैयाँ छ । जगेडा कोष अघिल्लो वर्षको तुलनामा ८६.९१ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यही अवधिमा कम्पनीको जगेडा कोषमा १६ करोड ७ लाख रुपैयाँ थियो ।

प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थ 

असोज मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ३० रुपैयाँ ७२ पैसा र प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ३१ पैसा रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको