Like us!
Follow us!
Connect us!
Watch us!

मितेरी सहकारी ठगी प्रकरण: धनराज गुरुङकी पूर्वपत्नीसहित थप एक जना विरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी

अर्थ संसार

शुक्रबार, २३ कार्तिक २०८१, १६ : ५८ मा प्रकाशित

मितेरी सहकारी ठगी प्रकरण: धनराज गुरुङकी पूर्वपत्नीसहित थप एक जना विरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी

मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न ज्योति गुरुङ र ज्योति बहादुर भण्डारीविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको छ । ज्योति गुरुङ नेपाली कांग्रेसका उप–सभापति धनराज गुरुङकी पूर्वपत्नी हुन् ।

केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार इन्टरपोलको महासचिवालयबाट जारी भएको यो रेड नोटिसले उनीहरूलाई कानुनी कारबाहीका लागि अन्तर्राष्ट्रिय स्तरमा खोजी गर्ने प्रयासलाई बल मिलेको छ।

ललितपुर महानगरपालिका वडा नम्बर–५, महालक्ष्मीस्थानमा सञ्चालन हुँदै आएको मितेरी सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा गुरुङ र भण्डारीविरुद्ध सीआईबीमा उजुरी दर्ता भएको थियो। उक्त उजुरीका आधारमा नेशनल सेन्ट्रल ब्यूरोले इन्टरपोल महासचिवालयमा पत्राचार गरेपछि रेड नोटिस जारी गरिएको हो।

सहकारीका सञ्चालक समिति सदस्य बोधविक्रम थापाले संस्थाको रकमको दुरुपयोग भएको भन्दै सीआईबीमा उजुरी गरेका थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको