Like us!
Follow us!
Connect us!
Watch us!

मंसिर १४ को साधारणसभालाई सगरमाथा जलविद्युतको बुक क्लोज भोलि, आजसम्म सेयर कायम भए लाभांस सुरक्षित

अर्थ संसार

आइतबार, २५ कार्तिक २०८१, ०७ : ५२ मा प्रकाशित

मंसिर १४ को साधारणसभालाई सगरमाथा जलविद्युतको बुक क्लोज भोलि, आजसम्म सेयर कायम भए लाभांस सुरक्षित

सगरमाथा जलविद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। 

कम्पनीले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशतका दरले नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। 

जसका लागि कम्पनीले कात्तिक २६ गते बुकक्लोज तय गरेको छ। जस अनुसार आज कार्तिक २५ गते नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा  लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीको साधारणसभा मंसिर १४ गते, शुक्रबार, स्मार्ट दरबार, शंखपार्क, काठमाडौँमा चौथो वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान ९ बजे शुरु हुनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको