अर्थ संसार, काठमाडौँ– नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले पुष्पलाल कम्युनिष्ट आन्दोलनका साझा नेता भएको बताउनुभएको छ ।
पुष्पलाल स्मृति प्रतिष्ठानको पाँचौँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री खनालले उहाँको सपनालाई साकार पार्न सम्पूर्ण वामपन्थी शक्ति एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “कम्युनिष्ट सिद्धान्तलाई अवलम्बन गर्ने सबै वामपन्थी शक्तिलाई एकताबद्ध गर्न हामी लागिपरेका छौँ ।”
प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी र नेकपा (माओवादी केन्द्र) बीच छिट्टै एकता हुने र त्यसपछि अन्य ससाना वाम दललाई पनि समाहित गरिने जानकारी दिनुभयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस