Like us!
Follow us!
Connect us!
Watch us!

सगरमाथा जलविद्युतको सेयरमूल्य समायोजन, सोमबारबाट नयाँ कारोबार मूल्य

अर्थ संसार

सोमबार, २६ कार्तिक २०८१, ०७ : २३ मा प्रकाशित

सगरमाथा जलविद्युतको सेयरमूल्य समायोजन, सोमबारबाट नयाँ कारोबार मूल्य

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आज (कात्तिक २६ गते, सोमबार) सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ। लाभांश वितरण तथा साधारण सभाको लागि बुकक्लोज भएसँगै मूल्य समायोजन गरिएको हो।

कम्पनीले घोषणा गरेको ४.७५ प्रतिशत बोनस सेयर बराबरको मूल्य समायोजन गरी नयाँ कारोबार मूल्य रु. ५८४.२५ कायम गरिएको छ। यसअघि अन्तिम कारोबार मूल्य रु. ६१२ रहेको थियो। सोमबारदेखि यही समायोजित मूल्यमा कम्पनीको सेयर कारोबार हुनेछ।

कम्पनीले चालु आर्थिक वर्षका लागि कुल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजन) रहेको छ। उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले आगामी मंसिर १४ गते चौथो वार्षिक साधारण सभा आयोजना गर्दैछ।

साधारण सभा काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा बिहान ९ बजेदेखि सञ्चालन हुने कम्पनीले जनाएको छ। सभाले प्रस्तावित लाभांशसहित वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन समेत पारित गर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको