Like us!
Follow us!
Connect us!
Watch us!

सन सेक्युरिटिजले लगानीकर्ताहरूका लागि नयाँ सुविधा र उपकरणहरू प्रस्तुत

अर्थ संसार

सोमबार, २६ कार्तिक २०८१, ०९ : ०४ मा प्रकाशित

सन सेक्युरिटिजले लगानीकर्ताहरूका लागि नयाँ सुविधा र उपकरणहरू प्रस्तुत

सन सेक्युरिटिज प्रा.लि. ले आफ्ना ग्राहकहरूलाई सेयर बिक्रीसँगै नयाँ सुविधाहरू उपलब्ध गराउने घोषणा गरेको छ। यसले Automatic Collateral Loading System र BLOOM प्लेटफर्म जस्ता नयाँ उपकरणहरूको सुरूवात गरेको छ, जसले लगानीकर्ताहरूलाई कारोबारमा अझै सहजता र पारदर्शिता दिने लक्ष्य राख्दछ।

अब, लगानीकर्ताले सन सेक्युरिटिज प्रा.लि. मा सेयर बेच्नासाथ तुरुन्तै सोही रकम बराबरको Collateral लिमिट पाउनेछन्। यसले लगानीकर्ताहरूलाई तात्कालिक रूपमा ट्रेड गर्नको लागि थप सुविधा पुर्याउनेछ।

साथै, BLOOM प्लेटफर्म ले विभिन्न शक्तिशाली उपकरणहरू प्रदान गर्दछ, जसमा समावेश छन्:

  • निःशुल्क मार्केट ओभरभ्यू, टेक्निकल एनालिटिकल टुल्स र एड्भान्स चार्टिङ सफ्टवेयर।
  • फण्डामेन्टल एनालिटिकल टुल्स र फ्लोर्सीट एनालिसिस टुल्स जस्ता उपकरणहरूले लगानीकर्तालाई बजारको गहिरो विश्लेषणमा मद्दत गर्नेछन्।
  • निःशुल्क पोर्टफोलियो समरी र ट्रेड पछि नाफा र घाटा हेर्ने सुविधा।
  • रियल टाइम खाता लेजर र क्यापिटल गेण ट्याक्स स्टेटमेन्ट डाउनलोड गर्ने सुविधा।
  • Auto Collateral Load System जसले सेयर बेच्नासाथ तुरुन्तै लिमिट पाउन मद्दत पुर्याउनेछ।
  • Multi Account Manager सुविधा जसले एक भन्दा बढी खाता व्यवस्थापन गर्न सहज बनाउँछ।

यस नयाँ सेवाले लगानीकर्ताहरूलाई बजारमा अझ सहज र प्रभावकारी ढंगले काम गर्न सक्षम बनाउने कम्पनीको बुझाई  छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको