Like us!
Follow us!
Connect us!
Watch us!

गत वर्ष घाटामा रहेको उपकार लघुवित्तले कमायो २७ लाख ७९ हजार नाफा,कस्ता छन् अन्य सूचक ?

अर्थ संसार

सोमबार, २६ कार्तिक २०८१, १४ : २५ मा प्रकाशित

गत वर्ष घाटामा रहेको उपकार लघुवित्तले कमायो २७ लाख ७९ हजार नाफा,कस्ता छन् अन्य सूचक ?

उपकार लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  

खुद नाफा

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा  लघुवित्तले २७ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसैअवधिमा संस्था ३ करोड ३७ लाख रुपैयाँ घाटामा थियो ।

खुद ब्याज आम्दानी 

यस लघुवित्तको खुद ब्याज आम्दानी ४७.७८ प्रतिशतले बढेर २ करोड ५९ लाख पुगेको छ । गत वर्ष उक्त आम्दानी १ करोड ७५ लाख रुपैयाँ थियो । लघुवित्तको प्रोभिजन ७४.४१ प्रतिशतले घटेको छ । \

चुक्ता पुँजी जगेडा कोष

चुक्ता पुँजी १० करोड ६१ लाख रुपैयाँ रहेको यसको जगेडा कोषमा १५ करोड २ लाख रुपैयाँ छ । पुँजी भन्दा जगेडा कोष करिब ५ करोड बढी छ ।

प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थ

यसैअवधिमा लघुवित्तको  प्रतिसेयर आम्दानी ४.१६ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ २३७.४३ रुपैयाँ छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको