Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई लघुवित्तको नाफा १९ प्रतिशले बढ्यो, कस्ता छन् प्रमुख सूचक ?

अर्थ संसार

मंगलबार, २७ कार्तिक २०८१, ११ : १८ मा प्रकाशित

ग्लोबल आइएमई लघुवित्तको नाफा १९ प्रतिशले बढ्यो, कस्ता छन् प्रमुख सूचक ?

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आवको प्रथम त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा कम्पनीको खुद नाफा बढेको छ । 

खुद नाफा १९ प्रतिशतले बढ्यो 

समीक्षा अवधिमा लघुवित्तले खुद नाफा १९.०३ प्रतिशत बढेको हो। गत आवको प्रहिलो त्रैमासम्म ३ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको  कम्पनीको चालु आवमा बढेर ४ करोड ४ लाख रुपैयाँभन्दा बढी पुगेको छ। 

सञ्चालन नाफामा पनि सुधार 

समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा पनि ४ करोड ८६ लाख रुपैयाँबाट बढेर ५ करोड ७८ लाख रुपैयाँ पुगेको छ।

खुद सञ्चालन आम्दानी र कुल सञ्चालन आम्दानीमा गिरावट 

समीक्षा अवधिमा कम्पनीको खुद सञ्चालन आम्दानी भने ११.९६ प्रतिशतले घटेको छ। गत वर्ष १५ करोड ५७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालु वर्षमा घटेर १३ करोड ७१ लाख रुपैयाँमा सीमित भएको छ। त्यस्तै कम्पनीको कुल सञ्चालन आम्दानी पनि १८ करोड ३७ लाख रुपैयाँबाट घटेर १५ करोड ९४ लाख रुपैयाँमा झरेको छ।

घट्यो खराब कर्जा 

समीक्षा अवधिमा कम्पनीको खराब कर्जा ४.७६ प्रतिशतबाट घटेर ४.३५ प्रतिशतमा झरेको छ ।
 
प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थ

प्रतिसेयर आम्दानी ४.१८ रुपैयाँले वृद्धि भएर २६.१६ रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १८७.८० रुपैयाँ छ।

कर्जा प्रवाह र निक्षेप संकलन

कम्पनीले ९ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ भने ३ अर्ब १२ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको