Like us!
Follow us!
Connect us!
Watch us!

डेडिकेटेड ट्रंकलाइन विवाद: सरकारले कुलमानसँग दोस्रोपटक पनि माग्यो ६ बुँदे स्पष्टीकरण

अर्थ संसार

मंगलबार, २७ कार्तिक २०८१, ११ : ३५ मा प्रकाशित

डेडिकेटेड ट्रंकलाइन विवाद: सरकारले कुलमानसँग दोस्रोपटक पनि माग्यो ६ बुँदे स्पष्टीकरण

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई दोस्रोपटक पनि स्पष्टीकरण मागेको छ। 

कुलमानलाई ऊर्जा मन्त्रालयले दोस्रोपटक तिहारअघि कात्तिक १३ गते  बिदाबाहेक सातदिनको म्याद दिएर घिसिङलाई ६ बुँदामा प्र स्पष्टीकरण पत्र पठाएका थिए । कात्तिक १५ देखि १९ गतेसम्म तिहार बिदा र २२ गते छठको बिदा परेका कारण  सरकारले पठाएको पत्रको जवाफ पठाउने अन्तिम दिन आज हो । तर उनले अहिलेसम्म जवाफ पठाएका छैनन्।  स्पष्टीकरणमा डेडिकेटेड र ट्रंकलाइनको महसुल कै  विषय समेटिएको छ । 

यसअघि  पनि मन्त्रालयले घिसिङलाई १५ बुँदे स्पष्टीकरण मागेको थियो।  ऊर्जामन्त्री दीपक खड्का  कुलमानलाई प्राधिकरणबाट हटाउने पक्षमा छन् । यसमा खड्कालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि साथ दिएका छन् । त्यहीकारण आइतबार मन्त्रिपरिषदले काटिएका उद्योगमा लाइन जोड्ने निर्णय गरेको थियो । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको