Like us!
Follow us!
Connect us!
Watch us!

कुलमान भन्छन्– लोडसेडिङ हुँदा खुसी मनाउनेहरुले हल्ला गरे, नेपालमा लोडसेडिङ हुँदैन

अर्थ संसार

शुक्रबार, ०५ पुस २०८१, ११ : १४ मा प्रकाशित

कुलमान भन्छन्– लोडसेडिङ हुँदा खुसी मनाउनेहरुले हल्ला गरे, नेपालमा लोडसेडिङ हुँदैन

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले  प्राविधिक समस्याका कारण केही घण्टा विद्यूत आपूर्ति नहुँदा उद्योगी व्यवसायीले लोडसेडिङको हल्ला चलाएर नाफा कमाउन खोजेको बताएका छन् ।

पूर्वाधार पत्रकार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले नेपालमा अब लोडसेडिङ नहुने बताए ।

घिसिङले पूर्वाधार क्षेत्रमा कुन आयोजनालाई प्राथमिकता दिनुपर्ने हो, त्यसलाई अगाडि बढाउनुपर्ने आवश्यक रहेको बताए । पूर्वाधार क्षेत्रमा सबैभन्दा ठुलो योगदान जलविद्युतबाट भएको उनको भनाइ छ ।

उनले भने, ‘नेपालमा नेगेटिभिटीमा रमाउने जमात कति रहेछ भन्ने मैले यसबीचमा देखिरहेको छु । लोडसेडिङ हुँदा खुसी मनाउने जमात रहेछ भन्ने उदाहरण केही दिनबाट हेरिरहेको छु । प्राधिकरण नाफामा गयो भन्नासाथ खुसी नहुने र घाटामा गयो भन्नासाथ एकदमै खुसी हुने जमात पनि छ । नेगेटिभिटी देखाएर कसरी कसरी आफ्नो लागि कमाउने भन्ने जमात छ । अहिले उद्योगले बत्ती पाएनौं भनेर सामानको भाउ बढाउन थालेको पनि सुनेको छु । हिजो जनतालाई २०/२२ घण्टा लोडसेडिङमा राखेर उद्योगीले कमाएका हुन् । त्यो नाफाको पैसा तिर्नुपर्दैन डेडिकेटेड ट्रंकलाइनको ? अहिले प्राविधिक कारणले २–४ दिन समस्या हुँदा लोडसेडिङ डिक्लियर गर भन्ने हल्ला पनि त्यही जमातले चलाएको हो । नेपालमा लोाडसेडिङ हुँदैन, भएको छैन, केही समयको प्राविधिक समस्या हो ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको