Like us!
Follow us!
Connect us!
Watch us!

२८ हजार ५ सय मेगावट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न थप पीपीए खोल्न आवश्यकः कुलमान घिसिङ

अर्थ संसार

मंगलबार, १८ मंसिर २०८१, १५ : ३८ मा प्रकाशित

२८ हजार ५ सय मेगावट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न थप पीपीए खोल्न आवश्यकः कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १० वर्षमा २८ हजार ५ सय मेगावट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न थप विद्युत खरिद सम्झौता (पीपीए) खोल्न आवश्यक रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन् ।

उनले प्राधिकरणले केही समयको लागि आरोआर र पिआरोआरका आयोजनाहरु पीपीएमा स्थगित भएपनि २८ हजार ५ सय मेगावटको लक्ष्य पूरा गर्न पीपीए फेरि खोल्नुपर्ने बताए ।

बजारलाई बन्द गरेर मात्रै नयाँ आयोजनाहरु आउनसक्ने बताए । उनले प्राधिकरणले केही जोखिम लिन नसके अन्य थप आयोजनाहरु आउँन नसक्ने बताए ।

उनले १२ हजार मेगावटको पीपीए सम्झौतामा हस्ताक्षर गरेपनि १२ हजारकै आयोजनाहरु आउन नसक्ने बताए । उनले ६० देखि ७० प्रतिशत पीपीए गरेका आयोजनाहरु आए त्यसले सरकारलाई ठूलो सहयोग पुग्ने बताए ।

कार्यकारी निर्देशक घिसिङले २८ हजार मेगावटको पीपीएमा वैदेशिक लगानी,प्राधिकरणले गर्ने,रिजर्भर आयोजनाहरु र सोलार पनि समावेश गरिएको बताए । उनले सोलार उत्पादनको लागि प्राधिकरणले करिव ८ सय मेगावटको माग गर्दा ३६ सय मेगावटको प्रश्ताव आएको बताए ।  उनले जलविद्युत क्षेत्रका समस्या समाधान गर्नेगरी नीतिहरुलाई सहजीकरण गर्ने तयारीमा प्राधिकरण लागेको बताए । उनले निजी क्षेत्र वा लगानीकर्तालाई मात्रै जोखिममा पार्ने नभई सरकारले पनि जोखिम बहन गर्नेगरी नीतिहरु परिमार्जन गर्न लागिएको बताए ।

उनले नेपालको जलविद्युत क्षेत्रको विकासलाई बिस्तार गर्नको लागि सरकार अगाडि बढ्नुपर्ने बताए । नेपालमा २८ हजार मेगावटको पीपीए भयो भने आरोरा र पीआरोआर आयोजना ३० हजारभन्दा बढी आउने नदेखिएको बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको