न्यादी हाइड्रोपावरले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। सो विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा न्यादी हाइड्रोपावर नोक्सानी घटेको छ ।
घट्यो नोक्सानी
यसअवधिमा यसले ७५ लाख ७५ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३ करोड ३७ लाख ३४ हजार रुपैयाँ नोक्सानी व्यहोरेको थियो ।
विद्युत् बिक्री आम्दानी र खुद सञ्चालन नाफामा सुधार
विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको नोक्सानी पनि घटेको छ। यसअवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी ६१.९४ प्रतिशतले बढेर २१ करोड १९ लाख ४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले विद्युत् बिक्रीबाट १३ करोड ८ लाख ५१ हजार रुपैयाँ आम्दानी गरेको थियो । यता, खुद सञ्चालन नाफा पनि १२०.८८ प्रतिशतले बढेर १३ करोड ४६ लाख ४० हजार रुपैयाँ पुगेको छ ।
प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थ
प्रतिसेयर आम्दानी ५१ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ६३ रुपैयाँ ७८ पैसा छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस