बुद्धभूमि नेपाल हाइड्रोपावरले चालु आर्थिक वर्षको प्रहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आवको प्रथम त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा कम्पनीको नोक्सानी बढेको छ ।
नोक्सानी
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा बुद्धभूमि नेपाल हाइड्रोपावरले १ करोड १३ लाख ६९ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ४९ लाख ४९ हजार रुपैयाँ नोक्सानी व्यहोरेको थियो ।
विद्युत् बिक्री आम्दानी
विद्युत् बिक्रीबाट हुने आम्दानी घटेसँगै यसको नोक्सानी बढेको हो । विद्युत् बिक्रीबाट हुने आम्दानी १२.७६ प्रतिशतले घटेर ४ करोड २९ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनीले विद्युत् बिक्रीबाट ४ करोड ९२ लाख १९ हजार रुपैयाँ आम्दानी गरेको थियो ।
प्रतिसेयर आम्दानी
यसअवधिमा प्रतिसेयर आम्दानी ११ रुपैयाँ ३७ पैसा छ ।
प्रतिसेयर नेटवर्थ
सोहि अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ ८४ रुपैयाँ ४५ पैसा छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस