पूर्वमन्त्री दीपक मनाङेले आफूलाई पत्रकारहरुले भात खान पनि नदिएको गुनासो गरेका छन् । ज्यान मुद्दामा दोषी ठहर मनाङेले जिल्ला अदालत परिसरमा पत्रकारहरुलाई भात खान पनि नदिएको गुनासो गरेका हुन् ।
फैसला कार्यान्वयनका लागि सीआईबीले मनाङेलाई जिल्ला अदालतमा पेस गरेको थियो । फैसला कार्यान्वयन अधिकारीले डिल्लीबजार कारागार चलान गर्न आदेश दिएका थिए ।
त्यसपछि अदालतबाट बाहिरिने क्रममा पत्रकारलाई उनले भने ‘तिमीहरुले भात खान पनि दिएनौ क्यारे’ ।
मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै ५ वर्षको जेल सजायँ सुनाएको थियो । उनले २ वर्ष आठ महिना कैद सजायँ भोगिसकेकाले अब बाँकी समय कारागारमा बिताउनुपर्ने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस