Like us!
Follow us!
Connect us!
Watch us!

विकास ऋणपत्र मार्फत थप १० अर्ब आन्तरिक ऋण लिँदै सरकार

अर्थ संसार

बुधबार, २८ कार्तिक २०८१, १२ : ५५ मा प्रकाशित

विकास ऋणपत्र मार्फत थप १० अर्ब आन्तरिक ऋण लिँदै सरकार

सरकारले विकास ऋणपत्रको बोलकबोल मार्फत थप १० अर्ब रुपैयाँ रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज बुधबार सो रकम बराबरको आन्तरिक ऋण उठाउन विकास ऋणपत्र २०८७ नामको ऋणपत्र जारी गरेको छ ।  

यो ऋणको अवधि ६ वर्षको हुनेछ भने यसमा लगानीकर्ताका लागि ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण गरिनेछ।

सरकारको यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था, र नेपाली नागरिकहरूले खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। यस ऋणपत्रलाई धितो राखी कर्जा पनि लिन र दिन सकिने भएकाले यसमा वित्तीय संस्थाहरूको रुचि बढ्न सक्ने सम्भावना छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार यो बोलकबोल प्रक्रिया बुधवार बिहान १० बजेदेखि अपराह्न २ बजेसम्म सञ्चालन हुनेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको