Like us!
Follow us!
Connect us!
Watch us!

कुथेली बुखरी स्मल हाइड्रोः हिजो सर्किट हानेको सेयर बेच्न खोज्दा पाइएनन् ‘बायर’

अर्थ संसार

बुधबार, २८ कार्तिक २०८१, १४ : ०० मा प्रकाशित

कुथेली बुखरी स्मल हाइड्रोः हिजो सर्किट हानेको सेयर बेच्न खोज्दा पाइएनन् ‘बायर’

अस्वभाविक रुपमा सेयरमूल्य बढेको कुथेली बुखरी स्मल हाइड्रोको सेयर आज कसैले पनि किनेन्। 

यो समाचार तयार पार्दा अर्थात् २ बजेसम्म ७ हजार ५ सय ५१  कित्ता बिक्रीमा हुँदा सेयर किन्नेमा भने कोहि छैनन् ।

मंगलबार मात्रै कुथेलीको सेयरमूल्य हाइड्रोपावरमध्येकै सर्वाधिक महँगो बनेको थियो । नेप्सेमा सूचीकृत अधिकांश हाइड्रोपावरको सेयर मूल्य २ देखि ४ सय रुपैयाँको हाराहारीमा सीमित रहँदा कुथेलीको सेयरमूल्य भने प्रतिकित्ता ३ हजार ९९ रुपैयाँ पुगेको छ । 

नेप्सेमा यो कम्पनीको १२ लाख १८ हजार ६७५ कित्ता सेयर सूचीकृत छ । जसमा ८० प्रतिशत सेयरको हिस्सा संस्थापकले ओगटेको छ । बाँकी २० प्रतिशत अर्थात् २ लाख ४३ हजार ७३५ कित्ता सेयरमा मात्र सर्वसाधारणको हिस्सा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको