हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद सेयर जारी गर्ने घोषणा गरेको छ ।
कम्पनीको कात्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले सहवित्तीयकरण बैंकहरूको ऋण भुक्तानी गर्ने प्रयोजनका लागि हकप्रद जारी गर्ने निणर्य गरेको हो। समितिले २ बराबर १ अर्थात् २ कित्ता साधारण सेयर बराबर १ नयाँ कित्ताका दरले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ ।
उक्त प्रस्ताव विद्युत नियमन आयोग, यस कम्पनीको साधारण सभा र नेपाल धितोपत्र बोर्डबाट पारित भएपछि सेयरधनीलाई हकप्रद जारी हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस