बुटवल पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ।
१२ प्रतिशतले घट्यो खुद नाफा
समीक्षा अवधिमा कम्पनीको खुद नाफा १२.०७ प्रतिशत घटेर ६ करोड ६० लाख रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले साढे ७ करोड नाफा कमाएको थियो।
विद्युत बिक्री आम्दानी र कुल नाफामा गिरावट
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत २० करोड ९० लाख रुपैयाँ कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.७१ प्रतिशत कम हो। गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले २१ करोड ५ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो। समीक्षा अवधिमा कम्पनीको कुल नाफा ६.३६ प्रतिशत घटेको छ।
प्रतिसेयर आम्दानी पनि घट्यो
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ६ पैसा घटेर ७ रुपैयाँ ७५ पैसामा झरेको छ।
प्रतिसेयर नेटवर्थ / मूल्य आम्दानी अनुपात
असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ ५० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६१.४५ गुणा रहेको छ।
चुक्ता पूँजी र अन्य इक्विटी
तीन अर्ब ४० करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी ३ अर्ब ६९ करोड ८७ लाख रुपैयाँ रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस