Like us!
Follow us!
Connect us!
Watch us!

इम्पेरमेन्ट चार्ज रिभर्स भएपछि बढ्यो साना किसानको खुद नाफा ,प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

विहीबार, २९ कार्तिक २०८१, १३ : ४६ मा प्रकाशित

इम्पेरमेन्ट चार्ज रिभर्स भएपछि बढ्यो साना किसानको खुद नाफा ,प्रतिसेयर आम्दानी कति ?

साना किसान विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

६ प्रतिशतले बढ्यो खुद नाफा

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा साना किसान विकास लघुवित्त वित्तीय संस्थाले ३२ करोड १८ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा ६.७७ प्रतिशत धेरै हो । गत वर्ष यस संस्थाले ३० करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो । 

खुद ब्याज आम्दानी

समिक्षा अवधीमा लघुवित्तको खुद ब्याज आम्दानी ४.६५ प्रतिशतले घटेर ४९ करोड २४ लाख कायम भएको छ । गत वर्ष उक्त आम्दानी ५१ करोड ६५ लाख रुपैयाँ थियो । 

इम्पेयरमेन्ट चार्ज रिभर्स

समिक्षा अवधीमा साना किसानले ८ करोड १२ लाख रुपैयाँ बराबार इम्पेयरमेन्ट चार्ज रिभर्स गरेको छ । इम्पेयरमेन्ट चार्ज रिभर्स हुँदा नाफा बढेको हो । 

वितरणयोग्य मुनाफा

असोज मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा १ अर्ब ९५ करोड १६ लाख रुपैयाँ रहेको छ।

चुक्ता पुँजी र जगेडा कोष

चुक्ता पुँजी ३ अर्ब ८० करोड ६३ लाख ७३ हजार रुपैयाँ रहेको यसको जगेडा कोषमा ४ अर्ब रुपैयाँ छ । 

प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थ

पहिलो त्रैमाससम्म लघुवित्तको  प्रतिसेयर आम्दानी भने ३३.८२ रुपैयाँ  भएको छ । प्रतिसेयर नेटवर्थ २५७.०४ रुपैयाँ छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको