Like us!
Follow us!
Connect us!
Watch us!

४२.५७  प्रतिशतले बढ्यो अप्पर सोलु हाइड्रोको नाफा,अधिकांश सूचकमा लोभलाग्दो ग्रोथ

अर्थ संसार

विहीबार, २९ कार्तिक २०८१, १८ : १८ मा प्रकाशित

४२.५७  प्रतिशतले बढ्यो अप्पर सोलु हाइड्रोको नाफा,अधिकांश सूचकमा लोभलाग्दो ग्रोथ

अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

विवरण अनुसार कम्पनीको मुनाफा ४२.५७  प्रतिशतले बढेर ९ करोड ९६ लाख  रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

चालु आर्थिक वर्षको ३ महिनामा कम्पनीले विद्युत बिक्री मार्फत २५ करोड ९१ लाख रुपैयाँ आम्दानी गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.२७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको बिद्युत बिक्री आम्दानी २५ करोड ३३ लाख रुपैयाँ रहेको थियो ।  

समीक्षा अवधिमा कम्पनीको कुल नाफा ५.३८ प्रतिशत बढेर २४ करोड ६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको  यस्तो नाफा २२ करोड ८३ लाख रुपैयाँ रहेको थियो ।  यो अवधीमा कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । गत बर्षको यसै अवधिमा कम्पनीको कम्पनीको प्रतिसेयर आम्दानी ५.१८ रुपैयाँ रहेकोमा यस बर्ष बढेर  ७ रुपैयाँ ३८ पैसा पुगेको छ । 

असोज मसान्तसम्ममा कम्पनीको सञ्चालन खर्च पनि २६.१४ प्रतिशतले घटेको छ ।यो अवधिमा कम्पनीको सञ्चालन खर्च १ करोड ८४ लाख रहेको छ । गत बर्ष कम्पनीको यस्तो खर्च २ करोड ५० लाख रुपैँया रहेको थियो ।

यहि अवधिसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ भने रुपैयाँ ८५ पैसा रहेको छ  । भने मूल्य आम्दानी अनुपात ६७.७१ गुणा रहेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको