Like us!
Follow us!
Connect us!
Watch us!

१७.५३ प्रतिशतले घट्यो जीवन विकास लघुवित्तको नाफा,कति छ लाभांश क्षमता ?

अर्थ संसार

शुक्रबार, ३० कार्तिक २०८१, १२ : ३४ मा प्रकाशित

१७.५३ प्रतिशतले घट्यो जीवन विकास लघुवित्तको नाफा,कति छ लाभांश क्षमता ?

जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफामा गिरावट आएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा जीवन विकास लघुवित्त वित्तीय संस्थाले ९ करोड ९३ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

यो गत वर्षको यसैअवधिको तुलनामा १७.५३ प्रतिशत कम हो । गत वर्ष यस संस्थाले १२ करोड ५ लाख रुपैयाँ नाफा कमाएको थियो । 

लघुवित्तको खुद ब्याज आम्दानी १५.६१ प्रतिशतले बढेर ४४ करोड ३९ लाख पुगेको छ । गत वर्ष उक्त आम्दानी ३८ करोड ४० लाख रुपैयाँ थियो । फि तथा कमिसन आम्दानी पनि ८ करोड ८८ लाखबाट घटेर ५ करोड ६७ लाख कायम भएको छ । त्यसैगरी, संस्थाको इम्पेयरमेन्ट चार्ज ७ प्रतिशतले बढेर १० करोड ८४ लाख पुगेको छ । कमिसन 

चुक्ता पुँजी १ अर्ब ३४ करोड ७५ लाख रुपैयाँ रहेको जीवनको जगेडा कोषमा १ अर्ब ३५ करोड जम्मा रहेको छ । यसको वितरणयोग्य नाफा ६८ करोड ५१ लाख देखिएको छ । उक्त रकमबाट यसको लाभांश वितिरण क्षमता ५०.८५ प्रतिशत देखिएको छ ।

पहिलो त्रैमाससम्म लघुवित्तको प्रतिसेयर आम्दानी २९.५० रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ २५२.०४ रुपैयाँ छ । एनपीएल ४.९१ प्रतिशत छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको