Like us!
Follow us!
Connect us!
Watch us!

सिम्रौनगढ नगरपालिकाका प्रशासकीय अधिकृत साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अर्थ संसार

शुक्रबार, ३० कार्तिक २०८१, १७ : ३२ मा प्रकाशित

सिम्रौनगढ नगरपालिकाका प्रशासकीय अधिकृत साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर

भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारा सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय  अधिकृत वीरेन्द्रप्रसाद साहविरुद्ध मुद्दा दायर गरेको छ ।

बिल भुक्तानी गरेबापत सेवाग्राहीसँग ७८ हजार घुस बापतको रकम लिइसकेको अवस्थामा गत कात्तिक ८ गते बिहिबार उनलाई अख्तियारले नियन्त्रणमा लिएको थियो । 

साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो ७८ हजार रुपैयाँ कायम गरी कैद  तथा बिगो बमोजिम जरिवाना सजाय मागदाबी लिई शुक्रबार विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको आयोगले जनाएको छ।

 

673734e95d35f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको