नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएको छ। इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ मूल्यसूचीका आधारमा मूल्य वृद्धि गरिएको हो।
भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर ०.३२ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य २.५४ रुपैयाँले बढेर आएको थियो। यस आधारमा निगमको सञ्चालक समितिको निर्णय अनुसार डिजेल र मट्टितेलको मूल्य समायोजन गरिएको छ। पेट्रोलको मूल्य भने यथावत राखिएको छ।
मूल्य वृद्धिपछि डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १५०.५० रुपैयाँ, दोस्रो वर्गमा १५२ रुपैयाँ, र तेस्रो वर्गमा १५३ रुपैयाँ पुगेको छ। नयाँ मूल्य सूचि आजैदेखि लागू गरिएको छ।
निगमले भारतबाट इन्धनको मूल्य निरन्तर वृद्धि भएसँगै घाटा कम गर्न मूल्य समायोजन गर्नुपरेको जनाएको छ। मूल्य वृद्धिले यातायात र कृषिमा प्रत्यक्ष असर पर्ने सम्भावना रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस