Like us!
Follow us!
Connect us!
Watch us!

मस्क र रामास्वामीले थाले काम, बिना पारिश्रमिक काम गर्न कर्मचारी माग

अर्थ संसार

शनिबार, ०१ मंसिर २०८१, ०६ : ४० मा प्रकाशित

मस्क र रामास्वामीले थाले काम, बिना पारिश्रमिक काम गर्न कर्मचारी माग

अमेरिकी निर्वाचित डोनाल्ड ट्रम्पले डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिशियन्सी (डोज) विभागको जिम्मेवारी दिएपछि टेस्लाका प्रमुख एलन मस्क र व्यापारी विवेक रामास्वामीले आफ्नो काम शुरु गरेका छन् । मस्क र रामास्वामीले यस विभागमा काम गर्ने कर्मचारीको खोजी शुरु गरेका छन् ।

डोजका लागि सुपर उच्च आइक्यू भएका व्यक्तिहरू खोजिरहेको जानकारी दिदै आवेदन माग गरेका छन् । यस विभागमा हप्तामा ८० घण्टा भन्दा बढी काम गर्न सक्ने मानिसहरू खोजिरहेको सूचनामा भनिएको छ । 

सामाजिक सञ्जाल एक्समा प्रमाणित एकाउन्ट भएकाले मात्र आवेदन दिन सक्ने शर्त राखिएको छ । मस्क र रामास्वामीले सिभि पठाउने शीर्ष एक प्रतिशत उम्मेद्वारहरूको समीक्षा आफैले गर्ने बताइएको छ ।

यस कामका लागि पारिश्रमिक नदिइने मस्कले बताएका छन् । मस्कले भनेका छन्- 'यो कामको लागि कुनै तलब हुनेछैन । यो एक बोरिंग काम हुनेछ, र तपाईं धेरै शत्रु बनाउनुहुनेछ । र तपाईले यसका लागि कुनै पैसा पनि पाउनुहुनेछैन । भुक्तान नगरिएका यी पदहरूले अमेरिकालाई ठूलो मद्दत गर्नेछ ।'

दोश्रो पटक चुनाव जितेपछि डोनाल्ड ट्रम्पले सरकारी कर्मचारी तन्त्रलाई पुनर्संरचना गर्न र सरकारको खर्च घटाउन यो विभाग सुरु गरेका हुन् । ट्रम्पले यो बिभाग जुलाई ४, २०२७ सम्म सञ्चालन हुने बताएका छन् । 

डोज विभागले बाहिरबाट सरकारलाई सल्लाह दिनेछ । मस्कले यस विभागको जिम्मेवारी पाएपछि अमेरिकी सरकारले अहिले खर्च गरिरहेको २ ट्रिलियन डलर बचत गर्ने दाबी गरेका छन् । ट्रम्पले सेप्टेम्बरको शुरुमा डोजको गठन प्रस्ताव गरेका थिए । 

प्रणालीमा पारदर्शिता ल्याउन डोजको कामलाई अनलाइन पोस्ट गरिने मस्कले बताए । जनताको करको पैसा कुन-कुन योजनामा ​​खर्च भइरहेको छ भन्ने कुराको जानकारी छुट्टै दिइने उनले बताएका छन् ।

वासिङ्टन पोस्टका अनुसार मस्कले रक्षा बजेट वा सामाजिक सुरक्षा जस्ता महत्त्वपूर्ण कार्यक्रमहरू कटौती गरे मात्रै मस्कको दाबी पुरा हुने उल्लेख गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको