Like us!
Follow us!
Connect us!
Watch us!

सूचीकृत सिमेन्ट कम्पनी— नाफामा सर्वोत्तम र शिवम अब्बल ,सोनापुर र घोराही भने गम्भीर आर्थिक दबाबमा

अर्थ संसार

विहीबार, ०१ फागुन २०८१, ११ : २५ मा प्रकाशित

सूचीकृत सिमेन्ट कम्पनी—  नाफामा सर्वोत्तम र शिवम अब्बल ,सोनापुर र घोराही भने गम्भीर आर्थिक दबाबमा

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा सूचीकृत ४ वटा सिमेन्ट कम्पनीहरुमध्ये शिवम् सिमेन्ट्स र सर्वोत्तम सिमेन्ट नाफामा देखिएका छन् ।

 नाफामा सर्वोत्तमको अग्रता 

महिनामा शिवम् सिमेन्ट्सले ५ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको छ । सर्वोत्तम सिमेन्टले २४ करोड १४ लाख रुपैयाँ नाफा कमाएको छ ।

यो अवधीमा घोराही सिमेन्ट र सोनापुर मिनरल्स्ले भने घाटा व्यहोरेका छन् । जसमध्ये घोराहीले ६६ करोड ७१ लाख र सोनापुरले १२ करोड २० लाख घाटा व्यहोरेका छन् । 

चुक्ता पुँजी  

चुक्ता पुँजी शिवम् सिमेन्ट्सको सबैभन्दा देखिएको छ । यसको चुक्ता पुँजी ५ अर्ब ४५ करोड रुपैयाँ भन्दा धेरै छ । सर्वोत्तम सिमेन्टको ४ अर्ब ९७ करोड बराबरको चुक्ता पुँजी छ । घोराहीको ४ अर्ब ५६ करोड र सोनापुरको पुँजी ३ अर्ब ७ करोड रुपैयाँ रहेको छ ।

आम्दानी कसको कति ? 

सर्वोत्तम सिमेन्टको सिमेन्ट बिक्रीबाट भएको आम्दानी  -  ४ अर्ब रुपैयाँ 

शिवम् सिमेन्टको सिमेन्ट बिक्रीबाट भएको आम्दानी - ३ अर्ब १० करोड

घोराही सिमेन्टको सिमेन्ट बिक्रीबाट भएको आम्दानी -  १ अर्ब ७३ करोड

सोनापुर सिमेन्टको सिमेन्ट बिक्रीबाट भएको आम्दानी-  ९१ करोड ५८ लाख


 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको