सयपत्री हाइड्रोपावर लिमिटेडले १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ।
कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १ः१ अर्थात् एक सेयर बराबर एक सेयर अनुपातमा हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो।
हकप्रद सेयर जारी गर्ने अजेन्डा आगामी साधारणसभा पेस गर्न विद्युत नियम आयोगबाट स्वीकृति लिने निर्णय पनि कम्पनीले गरेको छ। हकप्रद सेयरबाट उठेको रकम कम्पनीको ऋण तथा दायित्व भुक्तानी गर्न र दरम खोला ए जलविद्युत आयोजनाको मर्मत गर्नका लागि उपयोग गरिने कम्पनीले जनाएको छ।
हकप्रद सेयर जारी गर्न आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक गोपालप्रसाद निउरेलाई अख्तियारी दिने निर्णय पनि कम्पनीले गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस