Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश र एफपीओ प्रस्तावसहित नेशनल लघुवित्तले बोलायो साधारणसभा,बुक क्लोज कहिले ?

अर्थ संसार

सोमबार, ०३ मंसिर २०८१, १२ : ३७ मा प्रकाशित

लाभांश र एफपीओ प्रस्तावसहित नेशनल लघुवित्तले बोलायो साधारणसभा,बुक क्लोज कहिले ?

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ११औं वार्षिक साधारणसभा मंसिर २४ गते गर्ने भएको छ । सभा काभ्रेपलाञ्चोकको बनेपास्थित अरनिको पार्टी प्यालेसमा बिहान ११ बजे सभा बस्ने जनाएको छ ।

लघुवित्तको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ताव पेश गरिनेछ।

त्यस्तै संस्थापक र सर्वसाधारणको सेयर अनुपात ७०ः३० कायम गर्न सर्वसाधारण तर्फको ७ लाख ६५ हजार ३७७.६४ कित्ता सेयर प्रिमियममा थप सार्वजनिक निष्कासन (एफपीओ) गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभामा पेश हुनेछ।

यसका साथै गत आर्थिक वर्षको वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका सामान्य प्रस्ताव पनि समावेश छन्।

संस्थाले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर १८ देखि २४ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ। त्यसकारण मंसिर १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको