Like us!
Follow us!
Connect us!
Watch us!

३० करोडको आइपीओ जारी गर्दै प्रभु केबलकार, कुमारी क्यापिटल बिक्री प्रबन्धक

अर्थ संसार

सोमबार, ०३ मंसिर २०८१, १५ : १९ मा प्रकाशित

३० करोडको आइपीओ जारी  गर्दै प्रभु केबलकार, कुमारी क्यापिटल बिक्री प्रबन्धक

प्रभु केबुलकार एण्ड टुरिजम लिमिटेडले सर्वसाधारणलाई ३० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि बिक्री प्रवन्धकका रुपमा कम्पनीले कुमारी क्यापिटललाई नियुक्त गरेको हो ।

उक्त सम्झौता पत्रमा प्रभु केबलकारका अध्यक्ष भोज कुमार खड्का र कुमारी क्यापिटलको तर्फवाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका हुन् ।

प्रभु केवलकारको लगानीमा तीन वटा केवलकार परियोजनाहरु अगाडी बढेका छन् । जस मध्ये बुटवलमा भगवान गौतम बुद्धको कुलगुरु ऋषि कालदेवलको आश्रम र नुवाकोट गढी पाल्पा जाने सिद्धार्थ केवलकार परियोजना गत असोज देखि व्यवसायिक रुपमा सञ्चालनमा आईसकेको छ । उक्त केवलकारबाट छोटो समयमा नै पचहत्तर भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकहरुले यात्रा गरि सकेकाछन् ।

प्रभु केवलकार एण्ड टुरिजम लिमिटेड नै उक्त सिद्धार्थ केवलकार कम्पनीको मुख्य लगानीकर्ता कम्पनी हो । यो केवलकार बुटवल स्थित फुलबारी पार्क रहेको देउराली डाँडादेखि पाल्पाको नुवाकोटमा पुग्दछ । जहाँ राजा मणिमुकुन्द सेनको दरबार, संस्कृतिक डबली, कामना भैरवको मन्दिर, कर्णेल उजीर सिंहको शालिक लगायत विभिन्न पुरातात्विक सम्पदा समेत रहेका छन् ।

त्यस्तै, यस प्रभु केबलकारको लगानीमा सुदुर पश्चिम स्थित बाजुरा जिल्लाको बडीमालिका मन्दिर र चितवनको ईच्छाकामना मन्दिरमा निकट भविष्यमा केबलकार बनाइ सञ्चालन गर्ने कम्पनीको तयारी रहेको छ । 

यस कम्पनीले जलविद्युत, कृषि, पर्यटन, विभिन्न उत्पादन मुलक उद्योग र साहासिक पर्यटनमा समेत लगानी गर्दै दोस्रो बजारमा राम्रो उपस्थिति जनाएको छ । कम्पनीले चालु आ.व.को पहिलो त्रैमासमा ५ करोड भन्दा बढि मुनाफा आर्जन गरेको जनाएको छ ।  


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको