Like us!
Follow us!
Connect us!
Watch us!

आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

अर्थ संसार

बुधबार, ०५ मंसिर २०८१, १० : २८ मा प्रकाशित

आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज  बुधबार एकैदिन तीनवटा संसदीय समितिको बैठक बस्दै छ । 

 आज अर्थ समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । 

बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा समितिमा प्राप्‍त विधेयकमाथिको कार्यवाहीका लागि प्राथमिकता र कार्ययोजनाबारे छलफल हुनेछ ।  छलफलमा अर्थमन्त्री विष्णु पौडेलसमेत उपस्थित हुनेछन् । 

त्यस्तै, मुलुकको समग्र आर्थिक प्रणालीमा राजस्व संकलनको अवस्था र भन्सार कार्यालयले व्यहोर्नु परेका नितिगत एवं व्यवहारिक समस्या र समाधानका उपायबारे समितिमा छलफल हुने कार्यसूची रहेको छ । 

त्यस्तै, विधायन व्यवस्थापनको समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ । त्यसैगरी साढे ११ बजे बस्ने संघीयता सबलीकरणको बैठकमा स्थलगत अनुगमनको प्रतिवेदनको मस्यौदाउपर छलफल हुने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको